कुटपिट गरेर कार लुट्ने तीन जना भारतीय नागरिक पक्राउ
धनगढी | असार १३, २०७९
धनगढी : डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले भण्डारी सवार प्रदेश–३–०१०२३ च ८७२१ नम्बरको कार पनि नियन्त्रणमा लिएका थिए । उक्त कार गोदावरी नगरपालिका–१ स्थित शान्तिनगर जाने भित्री सडकखण्डमा वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट भण्डारीको सहयोग मागेर खानीडाँडा घुम्ने भन्दै आएका भारतीय नागरिकले भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ को सेल्फी डाँडा नजिकैबाट उनलाई कुटपिट गर्दै लुटेर भागेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

